आ.ब. २०७३/७४ को लागि नदीजन्य पदार्थ उत्खनन् सङ्कलन गरी ओसार पसार तथा बिक्री वितरण गर्ने र स्थानीय विकास एवं वातावरण संरक्षण शुल्क उठाउने कार्यको बोलपत्र / शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना २४ अौ जिल्ला परिषदको लागि विषयगत समितीको बैठक समय तालिका र विवरण आ.ब. २०७३/0७४ को लागि बरामद गरिएको नदीजन्य पदार्थ लिलाम बिक्री सम्बन्धी सूचना आ.ब. २०७४।०७५ को लागी ईलाकास्तरीय गोष्ठी सम्बन्धी सुचना रोल नं सच्चाईएको सम्बन्धि सुचना योजना सम्झौता गर्ने तथा सुचना प्रसारण गरिदिने सम्बन्धि सुचना सिमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत लिखित परिक्षाको नतिजा निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सम्बन्धि योजनाहरु जरिवाना रकम वृद्धि भएको सुचना सिमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न पदहरुको उम्मेदवारको अन्तिम नामावली र परिक्षा संचालन सम्बन्धि सुचना

संक्षिप्त परिचय

नेपाल अधिराज्यका ५ विकास क्षेत्र मध्ये पश्चिमाञ्चल विकास क्षेत्र महामानव शान्तिका दूत भगवान गौतम बुद्धको जम्मस्थलको रुपमा विश्व परिचित लुम्बिनी अञ्चलका ६ वटा जिल्लाहरु मध्ये नवलपरासी पनि एक हो । करिब २१६२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस जिल्लाको पूर्वमा चितवन, पश्चिममा रुपन्देही, उत्तरमा पाल्पा र तनहु जिल्ला र दक्षिणमा मित्रराष्ट्र भारतको उत्तर प्रदेश र विहार प्रान्त पर्दछन् । समुन्द्रि सतहबाट करिब ९१ मि. देखि १९३६ मि. सम्मको उचाईमा अवस्थित जिल्लाको पूर्व—दक्षिण भागमा नवलपुर, पश्चिम—दक्षिण भागमा तराई, उत्तर–पूर्व र उत्तर—पश्चिम भागमा महाभारत पर्वत श्रृङखलाको चुरे पहाडी क्षेत्र पाइन्छ । नवलपरासी जिल्ला भौगोलिक रुपमा पनि सम्पन्न एवं भिन्नै पहिचान बोकेको तीन तल्ले जिल्लाको रुपमा सुपरिचित रहेको छ । यहा“ पहाडी प्रदेश, भित्री मधेश र तराई प्रदेश रहेका छन् । यसै भौगोलिक विविधताका कारण नेपाल अधिकाराज्य भरिकै हावापानी वातावरण र संस्कृति यहा“ पाइन्छ । यहा“को न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस सम्म रहेको पाइन्छ । कालीगण्डकी करिडोर अन्र्तगत नारायणी नदीको कंचन जलप्रवाहबाट सदियौं देखि सिंचित यस जिल्लामा विविध जातजाति, भाषाभाषी, धर्म संस्कृतिको सम्श्रिण पाइन्छ । यहा“ जनगणना २०५८ अनुसार ५६२८७० जनसंख्या रहेकोमा नेपाल अधिराज्यमै सबै भन्दा बढी कुमाल र रजभार जातिको बसोबास समेत रहेको पाइन्छ । भौगोलिक रुपमा यस जिल्लाको सम्पूर्ण भू—भागलाई दाउन्नेडाडाले करिब बीचबाट चिरी पूर्व तर्फ नवलपुर क्षेत्र र पश्चिम तर्फ परासी क्षेत्रको रुपमा जिल्लालाई दुई खण्डमा विभाजन गरेकोे छ । नेपाल अधिराज्यको एक मात्र पूर्व पश्चिम राजमार्गले यस जिल्लाको करिब ९९ कि.मी. लम्बाई समेटेको छ भने सो राजमार्गको शिलान्यास स्थल र मध्यविन्दु समेत यहि पर्दछ । धरातलिय रुपमा करिब १९३६ मि. उचाईको देवचुली, १७६५ मि. को बडचुली, महलपोखरी, धौवादी एवं दाउन्ने जस्ता प्रख्यात टाकुराहरु जिल्लाका शिरका रुपमा रहेका छन् । यहा“ गिरुवारी, अरुणखोला, केरुङे, तुरिया, धनेवा, झरही जस्ता खोलानालाले निरन्तर रुपमा जलप्रवाह गरिरहेका छन् । त्यसै गरी करिब ८४ विघा क्षेत्रफलमा फैलिएको ऐतिहासिक नन्दन ताल, गैडाताल, पिपरपाति नाला, बुटाहा र सुसिहवा तालले थुप्रै जलचरहरुलाई बास स्थान प्रदान गरी जिल्लाको गरिमालाई निरन्तर बडाइ रहेका छन् । २०१८ सालमा यस जिल्लालाई नवलपरासी नमाकरण गरिएको हो । त्यसभन्दा अघि यस जिल्लालाई बुटवल जिल्लाको पाल्ही माझखण्ड भनिन्थ्यो । प्रशासनिक रुपमा ५९ गाविस, ६ नगरपालिका, १५ इलाका र ६ वटा निर्वाचन क्षेत्रमा विभाजित यस जिल्लाको सदरमुकाम जिल्लाको एक मात्र नगरपालिका रामग्राम नगरपालिकाको परासी बजारमा रहेको छ । जुन पूर्व पश्चिम राजमार्गको सुनवल भन्ने स्थानबाट ९ कि.मी. दक्षिणमा अवस्थित रहेको छ । जिल्लामा रहेका ५६ गाविस ७ नपा मध्ये १७ गाविस पहाडमा, १० गाविस भित्रीमधेशमा र २९ गाविस र ३ नपा तराईमा रहेका छन् । ऐतिहासिक एवं सांस्कृति रुपमा भिन्नै पहिचान बोकेको यस स्थानमा महामानव भगवानबुद्धको परिनिर्वाण पश्चात प्राप्त आठवटा अस्थिधातु मध्ये एक अस्थि धातु राखिएको विश्व प्रसिद्ध रामग्राम स्तुप रहेको छ । प्राचिन समयमा सम्राट अशोकले अन्य स्थलका अस्ति धातुहरु निकाली आफ्नो राज्यमा विभाजन गरी कैयौं बौद्ध स्तुपहरु निर्माण गरेका भएता पनि यस स्थलमा रहेको अस्थिधातु निकाल्न आउ“दा नाग र हात्तिहरुले संरक्षण गरी निकाल्न नदिएको भन्ने जनश्रुति रहेको छ । यसै पवित्र स्थलको नामबाट नगरपालिका र यस शाखाको नामाकरण गरिएको हो । यो रामग्राम महामानव गौतमबुद्धको मावली गाउ“, उनको बाल्यकालको क्रिडास्थल र प्राचिन कोलिय गणराज्यको राजधानी रहेको विश्वास गरिन्छ । यसका अलावा यहा“ पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्नु पूर्व पाल्पाका सेन वशी राजाहरुका इष्टदेवी पाल्ही भगवतिको प्रसिद्ध मान्दिर समेत रहेको छ । त्यसै गरी राणाकालिन प्रधानमन्त्रि जंगबहादुरको सौजन्यबाट स्थापित प्रसिद्ध दाउन्नेदेबी, पाल्पाली राजा मुकुन्दसेनद्धारा स्थापित प्रसिद्ध मौलाकालिका मन्दिर, सोना–तमसा र सप्तगण्डकी नदीहरुको समिश्रणबाट बनेको प्रसिद्ध त्रिवेणी धाम (जुन स्थल भारतको प्रयाग जतिकै श्रदा र आस्थाको केन्द्रको रुपमा रहेको छ), यसको पारिपट्टी प्रसिद्ध बाल्मिकी ऋषीको आश्रम (जहा“ सीता पाताल प्रवेश गरेको स्थल, सीताले फलफूल खाएको स्थल, अमृत कुवा, बाल्मिकी श्रृषिको हवनकुण्ड, लवकुशले घोडा बाधेको ढुङा आदि रहेका छन् अद्यापी रहेको पाउन सकिन्छ), त्यस्तै प्राचिन समयमा नारायणी नदीमा गोहिले हात्तिको शिकार गरीरहेको अवस्थामा स्वयं भगवान विष्णुले हात्तिको उद्धार गरेको पवित्र गजेन्द्र मोक्ष धाम र मुक्तिनाथ पिठका पिठाधिस स्वामी कमलनायनाचार्यको निवास स्थान समेत यसै जिल्लामा रहेको पाइन्छ । यसका अतिरिक्त यहा“ मदारथान, बाबा बर्दगोरिया कुटी, कैलाशआश्रम, शिवपुरगढी, मुकुन्दसेनको पुरानो दरवार, रुद्रपुरगढी, पण्डितपुर, अकलादेवी, घुमारिघाट जस्ता पर्यटकिय एवं धार्मिक स्थलहरु रहेका छन् भने थुप्रै मठमन्दिरहरु समेत रहेका छन् । यस जिल्लाका व्यापारिक महत्वका केन्द्रहरुमा परासी, महेशपुर, सुनवल, बर्दघाट, जमुनिया, त्रिवेणी, भूमही, अरुणखोला, कावासोती, रजहर, दलदले र गैडाकोट महत्वपूर्ण रहेका छन् । जिल्लाको सदरमुकाम परासीबाट १२ कि.मी.को दूरीमा भारतीय सिमावर्ती बजार ठूठीबारी अवस्थित रहेको छ जहाबाट गोरखपुर, लखनउ जस्ता ठूला भारतीय बजारहरुमा जान सकिन्छ भने माहामानव गौतम बुद्धले परिनिर्वाण प्राप्त गर्नुभएको प्रसिद स्थल कुशिनगर समेत सजिलै जान सकिन्छ । नवलपरासी जिल्लामा चौधरी उद्योगको वाइवाई चाउचाउ कम्पनी, विश्वकर्मा सिमेन्ट कम्पनी, चितवन सिमेन्ट कम्पनी, निर्माण सिमेन्ट कम्पनी, भृकुटी कागज कारखाना, एम.के. पेपर मिल्स जस्ता प्रमुख औद्योगिक कारखानाहरु समेत रहेका छन् भने परासी बजारका छिमेकी बजारहरुमा रुपन्देहीको बुटवल, र भैरहवा निकै नजिक एवं सुविधाजनक मानिन्छ भने जिल्लाको अधिकतम व्यापार समेत यसै स्थानहरुबाट आश्रीत रहेको पाइन्छ । परासी बजारमा जिल्ला सदरमुकाम रहेको एवं जिल्लाका सरकारी निकाय, विभिन्न संघ संस्था, शैक्षिक संस्थानहरुका कारण समेत दैनिक मान्छेहरुको चलहपहल भइनै रहन्छ भने बसोबासका दृष्टिले हिन्दु, मुस्लिम, बौद्धिष्ट, क्रिश्चियन धर्म सम्प्रदाय एवं पहाडी, मधेशीहरुको मिश्रीत बसोबास भएको पाइन्छ । यहा“ बारिहबाट आउने आगन्तुक पाहुना एवं पर्यटकहरुका लागि खाना एवं बासका लागि अत्याधुनिक सुविधा सम्पन्न होटलहरु नभएता पनि विस्तारै सहरोन्मुख हुदै गएका कारण केही सुविधा सम्पन्न, आरामदायी एवं सामान्य खालका होटल रेष्टुराहरुको प्रचुर उपलव्धता रहेको छ ।


Skip to toolbar